६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत



सिरहा । चालु आर्थिक वर्ष २०८१/०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाको पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ ।

शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगर सभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख चौधरीका अनुसार १४औँ नगर सभाबाट पारित जम्मा रू एक अर्ब २३ करोड एक लाख ९२ हजार आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा रू २८ करोड ५६ लाख ५० हजार खर्च भएको छ । यसमध्ये चालु खर्चतर्फ रू २४ करोड २३ लाख तीन हजार अर्थात् १९ दशमलव ७० प्रतिशत रहेको छ ।

त्यसैगरी पुँजीगतअर्थात् विकास खर्चतर्फ रू चार करोड ३३ लाख ४७ हजार अर्थात् तीन दशमलव ४५ प्रतिशत खर्च भएको हो । यहाँ २४ वटा वडा रहेका छन् । नगरप्रमुख चौधरीले १४औँ नगर सभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द-शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिए।

शुक्रबार उद्घाटन गरिएको १५औँ हिउँदे नगरसभाको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए। स्थानीय शासन सञ्चालन ऐन, २०७४ मा नगरसभा वर्षमा दुई पटकसम्म गर्न सकिने भनी उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीका समस्या समाधान गर्न काठमाडौं महानगरलाई यस्ता छन् विज्ञका सुझाव

काठमाडौँ । नियमन क्षेत्राधिकारभित्र भएका सहकारीहरुको समस्या सुल्झाउन काठमाडौँ महानगरपालिकाले कानुन पुनरावलोकन गर्नुपर्ने,

नवलपरासी आलुमा आत्मनिर्भर

नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको

प्रहरीद्वारा पाँच महिनामा दुई अर्ब २४ करोड भन्दाबढी राजस्व सङ्कलन

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा विभिन्न प्रकृतिका

अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ

काठमाडौ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ