भारतमा कल गर्न टेलिकमले घटायो महसुलदर



काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ ।

टेलिकमकाअनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति पुस १५ गते राति १२ बजेदेखि लागू भएको एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ कायम गरिएको छ ।

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्सदर ६० सेकेण्ड निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अण्डाको मूल्य बढ्यो

चितवन । सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ