नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा



काठमाडौँ ।नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको ७औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ ।

अधिवेशनको पूर्वसन्ध्यामा यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिए ।

महासङ्घकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।

अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा रु २५ लाखसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले भने,’व्यवसायीले अनुदानमा नभइ सहुलियत दरमा ऋणमा पाउनुपर्छ ।’

उनले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने, भन्सारदर समयसापेक्ष पनि परिमार्जन गरिनुपर्नेमा जोड दिए । सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन हुनु नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा रु ५० लाखबाट बढाएर रु दुई करोड बनाउनु पर्ने भनाइ राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगंज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

अण्डाको मूल्य बढ्यो

चितवन । सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स