बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन



काठमाडौं ।  सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गरेको छ । पुस ९ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहेको सिफारिस समिति गठन गरेको हो ।

समितिले कम्तीमा तीन जना योग्य व्यक्तिको नाम सरकारसमक्ष सिफारिस गर्ने र त्यसपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएपछि मंसिर २४ गतेदेखि नै रिक्त अध्यक्ष पद रिक्त । हाल अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रूपमा कामकाज गरिरहेका छन् ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी मन्त्रालयले जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगंज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक