चार अंकले बढ्यो शेयर बजार



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य बढेको छ । बिहीबार नेप्से ४ दशमलव १९ अङ्कले बढेर दुई हजार छ सय ३० दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर राताम्मे देखिएको छ ।

आज आत्मनिर्भर लघुवित्त र सपोर्ट रघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, जोशी हाइड्रोपावर र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । आज दुई करोड नौ लाख ७८ हजार कित्ता शेयर चार अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगंज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक