विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य वृद्धि



 

काठमाडौँ । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त प्रतिबद्धता  ५९ अर्ब ९८ करोडको तुलनामा चालु आर्थिक वर्षमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३० दशमलव तीन प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टराईले बताए । उनकाअनुसार यस अवधिमा वैदेशिक अनुदान  छ अर्ब ७५ करोड, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड गरी कुल  ४४ अर्ब आठ करोड वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगंज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक