विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न दक्षिण कोरियामा रहेका नेपालीलाई उद्योगमन्त्री भण्डारीको आग्रह



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गरेका छन्।

दक्षिण कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहेका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदद्वारा  बुधबार  आयोजित स्वागत कार्यक्रममा ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस्, नेपाल सरकार पुँजीको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध छ ।’

साथै विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्यभूति गरेको बताए ।उनले लगानी प्रवद्र्धन गर्न बाधक ऐनकानुन संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारी समक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा ३० करोडको लगानीमा प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा

देशमै सम्भावना खोज्न युवालाई अध्यक्ष ढकालको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना

बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक

यी हुन् बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै आएका स्याङ्जाका डिलबहादुर गुरुङ

वालिङ । स्याङ्जाका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन्