पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।

डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा

नेपाललाई पराजित गर्दै म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत

भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

चितवन। भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ। भारतबाट वैध

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको