नेप्सेमा ५ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १२.८४ अंकले घटेको हो । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।

सोमबार एक करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबार ७ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । इनर्जी नेपालको सेयर ८.७६ प्रतिशतले बढ्दा महिला लघुवित्त वित्तीय संस्थाको ७.१४,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ६.०३ र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले बढ्यो । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए।

सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । हिमालयन डिस्टिलरीको २७ करोड,जोशी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड,जानकी फाइनान्सको ११ करोड र लाइफ इन्स्योरेन्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

चितवन। भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ। भारतबाट वैध

लक्ष्यको तुलनामा धनुषामा कम धान खरिद

जनकपुरधाम । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन

  काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्बको नागरिक

होटल बन्दीपुर हिल निर्माण अन्तिम चरणमा

तनहुँ। बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ। १७ तले