जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा



जुम्ला । पातारासी गाउँपालिका-२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । जिल्लाको विकट गाउँ सो वडामा गत सोमबारदेखि उक्त टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताए ।

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको यहाँस्थित नेपाल टेलिकम कार्यालयका प्रमुख सुवास शाहले बताए । यहाँका आठ वटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको

प्रयोगमा आयो पाल्पाको शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

रामपुर । आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

इन्धनको मूल्य घटाउने निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार