सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल



काठमाडौं ।  भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीबिच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

सोमबार अपराह्न उनीहरूबिच भएको भेटवार्तामा दुईपक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

उनीहरूबिच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलिगुडी–झापा र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उनीहरूले विगतमा दुई देशबिच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गरेका छन् ।

यसैबिच, सर्लाहीको ग्यास पाइपलाइन निर्माण, त्रिभुवन विमानस्थलको इन्धन डिपो स्थानान्तरण, भारतीय आयल कर्पोरेसन लिमिटेड र नेपाल आयल निगमबिचको साझेदारीलगायत विषयमा छलफल भएको तथा दुवै निकायद्वारा प्रस्तुत एकीकृत प्रतिवेदन प्राप्त भएपछि सक्दो सहयोग गर्न भारत तत्पर रहेको मन्त्री पुरीले बताएको मन्त्री भण्डारीले जानकारी दिए ।

त्यसैगरी, द्विपक्षीय सरकारी संयन्त्रका सबै बैठक नियमित रूपमा गर्न दुवै पक्ष सहमत भएकाे उनकाे भनाइ छ ।

भारतीय पक्षले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ

वनगाउँको पूरै गाउँ तरकारीखेतीमा

टीकापुर । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा

वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४०

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ