स्थानीय तहलाई बीमाबारे बुझाउँदै प्राधिकरण



बागलुङ । ग्रामीण तहका नागरिकमासमेत बीमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बीमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ ।

बीमा गर्दा क्षतिको परिपूर्ति गर्न सहज हुने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना जगाउने काम गरिरहेको छ ।

प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले हालसम्म प्रदेशका ५२ स्थानीय तहका जनप्रतिनिधिलाई बीमासम्बन्धी अभिमुखीकरण गरिसकेको जनाएको छ ।

कार्यालय प्रमुख केशवप्रसाद दाहालले बीमाको महत्व बुझाउने, बीमाका नाममा हुने ठगी रोक्ने तथा बीमा गर्दा भविष्यमा हुने क्षति कम गर्न स्थानीय तहका जनप्रतिनिधि र पत्रकारलाई अभिमुखीकरण गर्न थालेको बताए ।

जीवन बीमा, निर्जीवन बीमाका विषयमा स्थानीय तहसमेत जानकार हुन आवश्यक रहेको भन्दै प्रदेशका ८५ स्थानीय तहमध्ये ५२ पालिकामा बीमा अभिमुखिकरण कार्यक्रम गरिएको दाहालले जानकारी दिए ।

दाहालले यससम्बन्धी सही जानकारी सम्प्रेषण गर्न स्थानीय पत्रकारलाई पनि यसबारेमा अभिमुखीकरण गर्न आवश्यक ठानी सो कार्य पनि भइरहेको बताए ।

प्राधिकरणका सहायक निर्देशक सुदिप गिरीले बीमाको आवश्यकता र चुनौतीबारे आमजनतामा जानकारी गराउँदै यसको महत्व, पहुँच बढाउन, आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी, लघु बिमा र कृषि बिमालगायत विषयमा सबैले जानकारी लिन आवश्यक रहेको बताए ।

नेपालमा हाल १४ वटा जीवन, १४ निर्जीवन, ७ वटा लघु र दुईवटा पुर्नबिमा कम्पनीले काम गरिरहेको पनि गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय

फुङ्लिङ । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ। गुराँसको यो रङ्गीन छटा सौन्दर्य

जापानी लगानीकर्तालाई अर्थमन्त्रीको आग्रहः नेपालमा थप लगानी गर्नुस्

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी