चितवनमा धान उत्पादन घट्यो



चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो । कार्यालयले क्रप‘क्रपकटिङ्’माध्यमबाट लिएको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ ।

पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ ।

जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा आठ अर्ब २५ करोड रुपैयाँको कारोबार

काठमाडौं । बिहीबार शेयर बजार उच्च अङ्कले घटेको छ । बिहीबार नेप्से ३१

राष्ट्रिय प्रसारण लाइनमा जोडियो रसुवागढी जलविद्युत आयोजनाको विद्युत

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ  । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दुमा पुगेको

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत

घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिका-१३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो