विदेश पढ्न जाने विद्यार्थीबाट तीन महिनामा बाहिरियो ३२ अर्ब १८ करोड



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्ष यही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा थियो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन महिनाको अवधिमा विदेशीले नेपालमा गर्ने खर्च साढे तीन प्रतिशतले बढेर १७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

नेपालीले विदेश गएर गर्ने खर्चको तुलनामा कम नै भए पनि पर्यटक आगमन बढ्दा भ्रमण आम्दानी ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको हो । गतवर्ष यस्तो आम्दानी १७ अर्ब १३ करोड रुपैयाँ थियो ।

यस्तै नेपालीले विदेशमा गर्ने खर्च पनि झन्डै आठ प्रतिशतले बढेर ५५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । तीन महिनामै विदेशमा पढ्नका लागि ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोला किनारको मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै

चितवनमा धान उत्पादन घट्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ

व्यावसायिक च्याउखेतीमा कैलालीका किसान

कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा

पोस्टबहादुर बोगटी सुरुङमार्ग योजना अलपत्र

हेटौँडा । बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा पोस्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै एक