काठमाडौं । तिहारपछि सुनको मूल्य तोलामा २८ सय रुपैयाँ घटेको छ । तिहारअघि गत बिहीबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो । मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि मूल्य घटेको हो । चाँदीको भाउ तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ । गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया