यातायात कार्यालयद्वारा दुई करोड १४ लाख राजस्व सङ्कलन



राजविराज । सप्तरीको राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड बढी राजस्व सङ्कलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लक्ष्मीपूजाको दिन विद्युत्को माग गत बर्षभन्दा एक सय ६४ मेगावाट बढी

काठमाडौं ।  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड)

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी

म्याग्दी । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले

इच्छाकामनाले निर्माण गर्यो २० लाखमा चिस्यान केन्द्र

मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिकाले  २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ

स्याउ बिक्रीबाट यसवर्ष जुम्लामा भित्रियो ६१ करोड ४१ लाख

जुम्ला । यो वर्ष जुम्ला जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन