१८ अंकले घट्यो नेप्से



काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ । बिहीबार नेप्से १८ दशमलव २५ अङ्कले घटेर दुई हजार ६ सय २७ दशमलव १४ विन्दुमा झरेको छ ।

आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १७ वटा कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

पर्वत  । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक

९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय

डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको

यस्ता छन् पर्यटनमन्त्री पाण्डेका सय दिनका उपलब्धि

  काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

वासिङ्टन डिसी (अमेरिका) । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन