पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव हुने



भोजपुर । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।

हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले तीस लाख रुपैयाँ बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।

कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित

दमौली । देवघाट गाउँपालिका- ३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

राजविराज । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका-४ का अनिल सन्तराज

यस्तो छ विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण