‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता



ललितपुर । ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान हासिल गरेका छन् । नेदरल्याण्डमा सम्पन्न सो प्रतियोगितामा विश्वका विभिन्न नौ देशका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा झाले ‘समूह इकोग्रब’ बाट भाग लिएका थिए । काठमाडौँ फरेस्टी कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थी आशीर्वादले नेतृत्व गरेका उक्त समूहले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उनका भाइ अभिनमले जानकारी दिए ।

‘समूह इकोग्रब’का तर्फबाट आशीर्वादले आफ्नो परियोजनामा कालो सैनिक झिङ्गाको अनुसन्धानमा आधारित ‘इनोभेटिभ’ समाधान प्रस्तुत गरेका थिए ।

यो अनुसन्धानले खाद्य प्रणालीमा टिकाउ र दिगो समाधान खोज्नमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ । कालो सैनिक झिङ्गाको प्रयोगले फोहोर व्यवस्थापन र पोषक तत्व पुनः प्राप्त गर्न मद्दत गर्दछ । जसले वातावरणीय र कृषिसम्बन्धी समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

यस प्रतियोगितामा हासिल गरेको सफलतापश्चात, ‘इकोग्रब’ समूह युवा खाना प्रयोगशाला कार्यक्रमको तयारीमा जुटेको छ । यो कार्यक्रम अक्टोबर २०२५ मा इटलीको रोममा आयोजना हुने भएको छ । जहाँ जित हासिल गरेका टोलीहरू आफ्नो परियोजनालाई थप विस्तार गर्न र कार्यान्वयन गर्न अवसर प्राप्त गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु