निगमले अन्तर्राष्ट्रिय उडानको टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने



काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर छुटेका यात्रुबाट थप शुल्क नलिने जनाएको छ ।

काठमाडौँबाट २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुले अक्टोबर ११ तारिखसम्म यात्रा गर्न चाहेमा थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको हो ।

प्रवक्ता रमेश पौडेलले निगमको अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था मिलाइएको र यथाशीघ्र सम्पर्क गरी सो सेवा लिन सूचना जारी गरिएको बताए । निगमले अन्तर्राष्ट्रियतर्फ भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोले ११ सय मेगावाट विद्युत् उत्पादन बन्द, एक हजार १० मेगावाट जडित क्षमताका १५ वटा निर्माणाधीन आयोजनामा क्षति

काठमाडौँ । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको

अकबरे खुर्सानी बेचेर बागलुङका महादेव कार्की ६ महिनामै कमाउँछन् १० लाख

ढोरपाटन। बागलुङको गलकोट नगरपालिका-२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

बाढीपहिरोका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

  काठमाडौँ । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा