शेयर बजारमा उच्च अंकको गिरावट, पाँच अर्ब ६६ करोडको कारोबार



काठमाडौं । सोमबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । आइतबार ११ अङ्कले बढेको नेप्से सोमबार ५९ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज तीन सय २९ वटा कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको

दुई वर्षपछि ‘डब्लुटिएम’ मा सहभागी हुदैँ पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता

सुनको मूल्य तोलाको एक लाख ५९ हजार दुई सय 

  काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको