उद्योग मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गरेका छन् ।

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ले यही सातादेखि काठमाडौँमा आयोजना गर्न लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएका मन्त्री छिरिङ र मन्त्री भण्डारीबीच आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा मन्त्री भण्डारीले नेपाल र भूटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको तथा जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए ।

उनले भने, “भूपरिवेष्ठित भूबनावट, हिमाली भूगोल, विकासका चुनौती र जलवायु परिवर्तनको सामना लगायतका विषय हाम्रा साझा मुद्दा हुन् ।”
.
भूटान अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएकामा मन्त्री भण्डारीले भूटानी मन्त्री छिरिङलाई बधाई ज्ञापन गरे ।

“भुटानको स्तरोन्नतिको यात्राले अन्य अतिकम विकसित राष्ट्रहरुका लागि विशेष गरी नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रका लागि महत्वपूर्ण अनुभव हुन सक्छ, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन द्विपक्षीय संसदीय समूहले महत्वपूर्ण भूमिका खेल्न सक्छ, नेपालको सङ्घीय संसद्ले नेपाल–भूटान संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको छ”, मन्त्री भण्डारीले भने  ।

नेपाल र भूटानले दुई देशबीचको व्यापारको पूर्ण सम्भावनालाई साकार पार्न प्राथमिकतामा आधारित व्यापार वार्ता सम्झौता गरिरहेको उनले बताए ।

मन्त्री भण्डारीले भने, “नेपाल र भूटान दुवै संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन (नाम) र क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली सङ्गठन (सार्क) लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाका सदस्य रहेर र यी संस्थामा हाम्रा साझा विषयहरुमा पहल गरिरहेका छौँ ।”

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जलविद्युत् विकास, वातावरण संरक्षण, अर्गानिक कृषि प्रविधि, उद्योगको क्षेत्रमा भूटानी अनुभव, ज्ञान, सीप र प्रविधिबाट नेपालले लाभान्वित हुन चाहेको मन्त्री भण्डारीको भनाइ थियो ।

विकसित हुँदै गइरहेको व्यापार सम्बन्धले दुवै देशले आ–आफ्नो अर्थतन्त्रमा सकारात्मक योगदान गर्दै आर्थिक आदानप्रदानबाट प्राप्त हुने पारस्परिक लाभ लिन सकिने उनको भनाइ थियो । उनले नेपालले भूटानको सफल जलविद्युत् विकासबाट महत्वपूर्ण पाठ सिक्न सक्ने बताए ।

भूटानका मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य आवश्यक रहेको औँल्याए । उनले धार्मिक रुपमा भुटानी नागरिकलाई स्वयम्भू र लुम्बिनी भ्रमणमा नेपाल सरकारले सहजता प्रदान गर्नुपर्नेमा जोड दिए । साथै मन्त्री छिरिङले दुई देशबीच विद्युतको क्षेत्रमा पनि सहकार्य आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२

नेप्से ११ दशमलव ५८ अङ्कले बढ्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

सन्तोष गौतम, म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक,

विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली (तनहुँ) । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना