समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग



काठमाडौं । लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग गरेका छन् ।

लुम्बिनी–एएनके–खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजीत जेभी, रमण–गजुरमुखी जेभी र खानी–अर्घाखाँची–बाबुल जेभीले संयुक्त विज्ञप्ति जारी गरी निर्माणको भुक्तानी समयमै गर्नका लागि माग गरेका हुन् ।

निर्माण व्यवसायीहरुले कोष समक्ष भुक्तानी प्रक्रिया तुरुन्तै सरलीकरण गर्न र यसमा भएका ढिलासुस्तीहरु समाधान गर्न आग्रह गरेका छन् । उनीहरुले समयमै भुक्तानी नभए सम्पूर्ण निर्माण कार्य रोक्ने समेत स्पष्ट पारेका छन् ।

‘निर्माण व्यवसायीले समयमा प्रस्तुत गरेका बिलहरु भुक्तानी प्रक्रियालाई तुरुन्तै अघि बढाउन आग्रह गर्दछौँ, भुक्तानी प्रक्रियामा भएको विलम्बले व्यवसायीलाई वित्तीय व्यवस्थापनमा असर पारेको छ’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल

काभ्रेपलाञ्चोक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना

रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै

रसुवा । रसुवास्थित हिमाली दृष्य अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमन वृद्धि

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

असोज । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन