दुई महिनामा काँकरभिट्टाबाट  आठ करोड ९९ लाखको मालवस्तु बङ्गलादेश निर्यात



 

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट  आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बङ्गलादेशबाट आयात भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ ।

गोदाम व्यावस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बङ्गलादेशबाट आयात भएका छन् । सो अवधिमा सबैभन्दा बढी रु ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा

काठमाडौँ  । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुको भेला नेपालमा

नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने

  काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना

विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौँ ।  विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

६३ स्थानमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा, अनलाइनमार्फत पनि अर्डर गर्न सकिने

काठमाडौँ  । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले बिहीबारदेखि