सुनको मूल्यमा तोलाको एक लाख ५७ हजार



 

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला  पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला  एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला  एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

ढोरपाटन । दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा

लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

  काठमाडौँ ।  यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो

  काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

  काठमाडौँ ।  बुधबार सुनको मूल्य प्रतितोला  तीन सय रुपैयाँले घटेको छ ।