काठमाडौँ । सुनको मूल्य आइतबार तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैइाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया