सुनको मूल्यमा नयाँ कीर्तिमान


 

काठमाडौँ । बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन बुधबार प्रतितोला  एक लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला  एक लाख ५३ हजार रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला  एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार  आठ सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । मङ्गलबार प्रतितोला  एक हजार आठ सय २० रुपैयाँ मा कारोबार भएको चाँदी बुधबारका लागि भने एक हजार आठ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।