काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।

प्रतिक्रिया