नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ ।

कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए ।

उनले कोहलपुर–नेपालगञ्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युत्को मागअनुसार आपूर्ति गरिएको बताए । यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ ।

“घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगञ्जमा गर्मीबाट धेरै राहत मिलेको छ”, इन्जिनियर लामिछानेले भने । थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लााभावन्वित हुनेछन् ।

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको छ । नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर लामिछानेले ३० थान दुई सय केभीका नयाँ ट्रान्सफर्मर र एक सय केभीका ८० ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको जानकारी दिए ।

हावाहुरीका कारण यसबाहेक ७० किलोमिटरका लागि विद्युत् तार तान्न, विद्युत्को लोड व्यवस्थापनका लागि अन्य मर्मतसम्भारसहितका काममा एक करोड ८४ लाख खर्च भएको वितरण केन्द्रले जनाएको छ ।

“आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ”, लामिछानेले भने । विद्युत् लाइनका लागि हावाहुरीले क्षति पु¥याएकामा नयाँ खम्बासमेत गाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युट्युबबाट सीप सिकेर उद्यम

कञ्चनपुर । पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने