काठमाडौँ । सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबारको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि एक लाख ४७ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया