साउथ एसियन ट्राभल अवार्ड्स काठमाडौंमा हुने



काठमाडौँ । साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) को आठौँ संस्करण नेपालमा आयोजना हुने भएको छ । आगामी असोज ३ र ४ गते काठमाडौँमा हुने अवार्ड समारोहमा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सन् २०२४ का लागि अवार्डसम्बन्धी कार्यक्रमको सूची सार्वजनिक गर्दै आयोजकले विभिन्न ४४ विधामा अवार्ड दिइने जनाएको छ ।

कार्यक्रमको होटल पार्टनरका रूपमा द मल्ल होटल र एलफ्ट होटल रहेका छन् । साट्टाले साउथ एसिया क्षेत्रभरि आतिथ्य क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्नेहरूलाई सम्मान गर्दै आएको छ ।

नेपाल पर्यटन बोर्ड र होटल सङ्घ नेपालको सहयोगमा हुने अवार्ड कार्यक्रममा व्यावसायिक साझेदारबीच व्यापार आदान–प्रदानसमेत आयोजकले जनाएको छ । “यो कार्यक्रमले दक्षिण एसियाली आतिथ्य क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटन प्रवर्द्धनका निम्ति साट्टा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । बोर्डका कार्यवाहक कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले दक्षिण एसियास्तरको अवार्ड कार्यक्रमले पर्यटन नेपालमा हुनु सुखद भएको र यसले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा अवार्ड कार्यक्रम महत्वपूणृ हुने विश्वास व्यक्त गरे । अवार्डको जुरी सदस्यमा नेपालका तर्फबाट होटल सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेकबहादुर महत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैंमा सोचे जस्तो व्यापार नभएको न्युरोडका व्यापारीको गुनासो

काठमाडौँ। ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी

नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उकालो लागेको छ

इप्पानद्वारा नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको स्वागत

काठमाडौँ  । नेपाल र बङ्गलादेशबीच भएको विद्युत विक्री सम्झौता (पिएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको