शेयर बजारमा सामान्य अङ्कको गिरावट, साढे चार अर्बको कारोबार



 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो ।

सोमबार तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ ।

वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ । लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २८ करोड ७० लाख ८० हजार नौ सय ३५ बराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्राथमिकताको

शेयर बजारमा आठ अंकको गिरावट

काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ८

कांग्रेस-एमालेलाई हरि ढकालको सुझावः एउटा विचौलिया ह्याण्डल गर्ने र अर्को नोटमा सिग्नेचर गर्ने गभर्नर नियुक्त गर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा