आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्छौंः अर्थमन्त्री पुन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले आफ्नो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर अहिले बजेट मार्फत चालु बजेटमा भ्याट लगाइएको थियो । प्याज आलुका आदिमा तर यसपटक त्यो भ्याट हटाइयो । भ्याटको सिद्धान्त आन्तरिक र बाह्य जहाँ उपयोग हुन्छ त्यहाँ भ्याट लाग्ने कुुरा हुन्छ । तर त्यो हटाईयो । हामीले आफ्नो आन्तरिक उत्पादनलाई नीतिगत रुपले संरक्षण गर्ने कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ । यसले कृषिको आधुनिकिकरणमा योगदान पुग्छ भन्ने सरकारको विश्वास छ ।’

उनले सरकारले पाँच वटा रुपान्तरण क्षेत्रमध्ये आईटी क्षेत्रलाई अगाडि सारेको र गएको वर्ष ६६ अर्बको निर्यात गरिसकेकोमा यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ

साउथ एसियन ट्राभल अवार्ड्स काठमाडौंमा हुने

काठमाडौँ । साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) को आठौँ संस्करण नेपालमा आयोजना हुने

मोरङमा चैते धान उत्पादनमा वृद्धि

बेलबारी (मोरङ) । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा

धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

काठमाडौँ। हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ