सुन तोलाको १६ सय रुपैयाँले बढ्यो



काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा बिहीबारका लागि भने एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अविरल वर्षाका कारण १२ सय मेगावाट कम विद्युत उत्पादन

काठमाडौँ । अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादनगृहहरू प्रभावित भएका छन् । कतिपय

राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छः  अध्यक्ष केसी

  काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका

कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग भएको छैनः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने

पहिरोले पुरियो ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध

बलेवा (बागलुङ) । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको