धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश



काठमाडौँ । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनोट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए । अर्थ मन्त्रालयले रद्द गर्ने भनी गरेको निर्णय गैरकानुनी भएको भन्दै श्रेष्ठले रिट दायर गरेका थिए ।

माघ ५ गते सुरु भएको अध्यक्ष छनोट प्रक्रिया अर्थ मन्त्रालयले गत शुक्रबार रद्द गरेको थियो । रिटमा अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरिएको थियो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तर्गत दोस्रो चरणमा अन्तर्वार्तामा बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेको थियो ।

अर्थले महान्यायाधिवक्ता कार्यालयसँग पनि राय लिएको थियो । महान्यायाधिवक्ता कार्यालयले कानुन अनुसार तीन जना भन्दा कम प्रतिस्पर्धी भए रद्द गर्ने राय दिएको थियो । सोही रायका आधारमा अर्थ मन्त्रीले प्रक्रिया रद्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१५ अंकले बढ्यो शेयर बजार

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो

वीरगंज नाकाबाट ९२ अर्बले खुम्चियो आयात

वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै

सुन तोलाको १६ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स