नेप्सेमा दोहोरो अङ्कको वृद्धि



 

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव ७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर रु दुई अब ९९ करोड ९९ दलाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी आठ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक सात दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र सात दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले सात दशमलव शुन्य सात प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी आठ दशमलव ४४, स्वाभिमान लघुवित्त तीन दशमलव ९७, कुमारी सबल योजना तीन दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईडियल यमुना सहकारीका संचालक केबी उप्रेती पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी विकास बैकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् ।

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई विभागको निर्देशन

  काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको

शेयर बजारमा सामान्य अंकको बृद्धि

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त

काठमाडौँ । गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा