आठ अंकले घट्यो शेयर बजार



 

काठमाडौँ ।  पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ ।

गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले बिहीबार पनि निरन्तरता पाएको हो । यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३३ कम्पनीको ८९ लाख एक हजार एक सय ९५ कित्ता शेयर ५० हजार दुई सय ८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार आठ सय २४ मा खुम्चिएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण रु ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख ७० हजार बराबर कायम भएको छ ।

बैकिङ, म्युचुअल र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव २३ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

विकास बैंक शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ५१, जलविद्युत् शून्य दशमलव ४५, लगानी शून्य दशमलव २०, जीवन बीमा शून्य दशमलव ९९, उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त शून्य दशमलव ९५ र निर्जीवन समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाईनान्स लिमिटेडको रु २२ अर्ब ७६ करोड ४१ लाख आठ सय नौ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चार लाख दुई हजार चार सय ९९ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत

गलकोट । बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१ औँ

लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र

उत्पादकत्व बढाउनेगरी सरकारले कृषिदशक कार्यक्रम अघि सारेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर

खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

काठमाडौँ । गङ्गा बुढाथोकी उमेरले पाँच दशक पार गरिन् । उनको जीविकोपार्जनको मुख्य