नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित



काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो ।

गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । यस्तै बैठकले सुरक्षित सिसाको समेत मापदण्ड पारित गरेको छ । सुरक्षित सिसालाई समेत विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्का सदस्यसचिव विभागका महानिर्देशक रहने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी

तनहुँ । जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि

एकवर्षमै थपियो एक खर्ब ३४ अर्ब सरकारी ऋण

काठमाडौँ । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण  २४ खर्ब ३४ अर्ब तीन

वीरगञ्ज महानगरद्वारा ६१ करोड ४७ लाख राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा  ६१ करोड ४७ लाख १७ हजार