कोशी प्रदेशको बजेट बहुमतले पारित



 

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गरेका थिए ।

नेपाली कांग्रेसका गोपाल तामाङ र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की  सविना बजगाईंले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका  धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताए । “निजामती सेवा ऐन, यातायात सेवा ऐन, र प्रदेश प्रहरी ऐनमा  गम्भीर त्रुटि छन्,” उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित भएको बताए ।
अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घरजग्गा खरिद बिक्री गर्नका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ

पर्यटन राजधानीको दायरा फराकिलो बनाउन सरोकारवालाको सुझाव

गण्डकी । पर्यटन राजधानीको दायरालाई सङ्कुचनमा नराखी फराकिलो बनाउनुपर्नेमा जोड दिइएको छ ।

आठ अंकले घट्यो शेयर बजार

  काठमाडौँ ।  पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

‘सरकार महिनौँदेखि दूधको भुक्तानी नदिएर किसानलाई रुवाएर बस्ने हो ?’

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानलाई दूधको मूल्य भुक्तानी गर्न सरकारको