लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै संसदको रोष्ट्रममै मौनधारण



काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै संसदको रोष्ट्रममै मौनधारण गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा भाग लिने क्रममा सांसद बडूले सडक निर्माणमा बजेट नछुट्याएको भन्दै रोष्ट्रममै मौन धारण गरेका हुन् ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको दार्चुलाको तुसारपानी, कोठेधार, तिंकर सडकको ७९ किलोमिटरका लागि बजेट विनियोजन नगरेको भन्दै सांसद बडूले आपत्ति जनाएका हुन् ।

उनले भने, ‘त्यो ठाउँको सुविधा, बाटोको लागि, त्यो ठाउँको जनताका लागि मैले मात्रै बोलिरहनुपर्ने हो ? अनि मात्रै ध्यानाकर्षण हुन्छ ? यो सबैको साझा विषय हुन सक्दैन ? म सोध्न चाहन्छु भौतिकमन्त्रीलाई उहाँले यसपटक यो बाटोमा कति बजेट राख्नुभएको छ ? प्रधानमन्त्री र मन्त्रीलाई सँगै राखेर पनि कुरा गरे तर भयो के ? भौतिकमन्त्री महासेठलाई यो देशको भूगोलको पनि जानकारी छ कि छैन, शंका हुन थाल्यो ।’

दार्चुलाको तिंकर क्षेत्रमा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै बडूले उक्त सडक निर्माण सम्पन्न गर्नका लागि बजेट विनियोजनको माग गरेका थिए । त्यसपछि अन्तिममा सांसद बडूले रोष्ट्रममै एक मिनेट मौन धारण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय

रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनीका रन्जित गुरुङको मृत्यु

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने