यो बजेट केबल माओवादीका ३२ सांसदका लागि हो, २७५ जना सांसदको भनेर सोच्नु दिवास्वप्ना होः अमरेश सिंह



काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट नेकपा माओवादी केन्द्रका सांसदका लागि मात्र आएको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयमाथिको खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सिंहले माओवादी समाप्त हुने अन्तिम तगारोमा रहेको हुँदा आगामी आर्थिक वर्षको बजेट ३२ सांसदका लागि मात्र छुट्टयाएको आरोप लगाए ।

उनले अर्थमन्त्रीले बजेट केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको आरोपसमेत लगाए । उनले भने, ‘यो बजेट केही व्यापारीले बनाएको हो, अर्थमन्त्रीको इन्ट्रेस्टमा । यो बजेट केबल माओवादीका ३२ सांसदका लागि हो । २७५ जना सांसदको भनेर सोच्नु दिवास्वप्ना हो । किनकि माओवादी पार्टी समाप्त हुने अन्तिम तगारोमा छ । आफ्नो सांसद भएको ठाउँ र जित्न सक्ने ठाउँमा मात्र बजेट खन्याइएको छ । हामीजस्ता निर्दा सांसदकोमा बजेट छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले

संसद सचिवालयका कर्मचारीको भत्ता बढाउने सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सङ्घीय संसद सचिवालयका आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका २१ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण

नेपालगञ्ज उपमहानगरको बजेट एक अर्ब ५० करोड ३८ लाख

  नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल