कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र इजरायल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदानप्रदान, व्यावसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रवद्र्धनलगायत १० विषयमा सहकार्यको सोमबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र इजरायल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे ।
नेपाल इजरायल चेम्बरबीच भएको सम्झौताअनुसार आफ्ना सदस्यहरुको हितअनुकूल हुने गरी व्यापार तथा लगानीसम्बन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै, मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।
कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषय पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रवद्र्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ, ।’
यस्तै, नेपाल र इजरायलका  उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एकअर्कोका देशमा गर्ने व्यावसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन–अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे

प्रचण्ड सरकारले तरबार चलाएर ओली सरकारले घाँटी छिनालेको आयोजना !

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या

बजेटमा समावेश भएसँगै ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७०

बजेट पर्यटनमैत्री : होटल सङ्घ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेटप्रति होटल व्यवसायीहरुको छाता