शेयर बजारमा दोहोरो अंकको बृद्धि



काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । बुधबार नेप्से १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ । आज बैंकिङ, विकास बैंक, होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

बजार बढेको दिन तीन सय १८ वटा कम्पनीका एक करोड ४४ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेस प्रदेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख

  धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल

किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ’

सिरहा ।  स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको

बागमती प्रदेशले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब

पेट्रोलमा तीन तथा डजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि