कैलालीमा आलु उत्पादन बढ्यो



अत्तरिया (कैलाली) । गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सात सय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष चार हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार एक सय ३० मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष चार हजार तीन सय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए । “यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ । यसपटक हिउँदमा हुस्सु पनि लागेन”, उनले भने, “हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादन वृद्धि भएको हो ।”

“यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाउनुभएको थियो”, उनले भने, “त्यसको उत्पादकत्व पनि बढी हुन्छ । त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ ।”

किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा रासायनिक मल अभाव नहुने

दाङ । दाङमा यस वर्ष धानखेतीका लागि रासायनिक मल अभाव नहुने भएको छ

संसदीय छानबिन समितिले गोरखा मिडियाको स्थलगत अनुगमन गर्नुका साथै गृहमन्त्री लामिछानेसँग पनि बयान लिने

काठमाडौं । सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न संसदीय समितिको निर्देशन

  काठमाडौँ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

बजेट कार्यान्वयनका लागि त्रैमासिक योजना बनाएर काम गर्न अर्थमन्त्रीको निर्देशन

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना