सुनको मूल्य प्रतितोला एक लाख ४० हजार


 

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ प्रतितोलामा  एक हजार छ सयले बढेर  एक लाख ४० हजार पुगेको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० ले बढेर प्रतितोला  एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला  ६० रुपैयाँले बढेर  एक हजार आठ सय पाँच पुगेको छ ।