शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार नेप्से सोमवार दोहोरै अङ्कले घटेको छ । सोमबार नेप्से १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको छ ।

आज म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी एसिया लघुवित्तको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।

आज ५६ लाख ५६ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड आठ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा  एक हजार एक