माथिल्लो अरुणमा विश्व बैंक वित्तिय व्यवस्थापन गर्ने



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर शनिबार स्वदेश फर्किएका मन्त्री पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भ्रमण उपलब्धिमूलक भएको बताएका हुन् ।

उनका अनुसार माथिल्लो अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादनमा विश्व बैंकले साढे ८ सय मिलियन डलर (करिब १ अर्ब १३ करोड २८ लाख) बराबरको लगानी गर्ने सहमति भएको छ । सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको भन्दै उनले ६३५ मेगावाटको दूधकोसीमा एसियाली विकास बैंक (एडीबी)ले वित्तीयकरणको नेतृत्व गर्ने तर विश्व बैंकले पनि त्यसमा सहभागी हुने जानकारी दिए ।

उनले भने,‘अहिले अपर अरुणको एक हजार ६५ मेगावाट विद्युत उत्पादनलाई तयारी अवस्थामा छ । र, त्यसमा विश्व बैंकले नेतृत्व गर्नुपर्छ भनेर हामीले सस्तो ब्याजको ऋणका लागि अनुरोध गरिराखेका थियौं । यस पटकको एउटा सफलता भनेको यो भयो कि विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी सस्तो ब्याजको ऋण दिने र उसले नेतृत्व गर्ने सहमति भएको छ । ६३५ मेगावाटको दूधकोशीमा पनि एसियाली विकास बैंक (एडीबी)ले नेतृत्व गर्छ तर विश्व बैंकले पनि त्यसमा हुन्छ ।’

उनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसँग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने कुरा टुंगिएको पनि जानकारी दिए । नेपाली मूलका अमेरिकीहरुबाट नेपालमा लगानी बढाउने प्रतिबद्धता आएको पनि उनले सुनाए ।

मन्त्री पुनले एमसीसी पदाधिकारीहरुसँग पनि छलफल भएको भन्दै नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले नेपालमा विदेशी लगानीकर्ताहरुको बाहुल्य रहँदा अमेरिका तेस्रो स्थानमा रहेको बताए । आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न अमेरिकीहरु इच्छा व्यक्त गरेको उनको भनाइ छ । लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्सका उपाध्यक्ष नै उपस्थित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित