जेएमई र मनिग्राम इन्टरनेशनलबीच साझेदारी सम्झौता



काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्र्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ ।

सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो पहुँच बिस्तार गरी ग्राहक सदस्यलाई जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गरेको जेएईका अध्यक्ष ओम गुरुङले बताए ।

जापान मनी एक्सप्रेसले आफ्ना ग्राहक सदस्यलाई जेएमई मोबाइल एप रजिष्ट्रर गरी सोबाटै आफैँले पैसा पठाउन सकिने व्यवस्था मिलाएको छ । आफूले पठाउने पैसा भुक्तानी गर्नका लागि लसोन कार्डको व्यवस्थालगायत ग्राहक सन्तुष्टिका लागि मोबाइल एपमार्फत विभिन्न किसिमको डिजिटल सेवासहित आफ्नो स्तरवृद्धि गर्दै गएको छ ।

अब जेएमई मोबाइल एप रजिष्ट्रर गरी सो एपबाट आफूले चाहेको जुनसुकै देशमा जुनसुकै समयमा पैसा पठाउन सकिने छ । ग्राहकहरुले सेवा शुल्कबिनै पैसा पठाउन सकिने, प्वाइन्टस् प्रयोग गरी सेवा शुल्क घटाउन सकिने विशेषताहरु थप गरेको छ ।

जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड जापानमा रहेका नेपालीद्वारा सञ्चालन गरिएको पहिलो विप्रेषण कम्पनी हो । जसले विगत १४ वर्षदेखि जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गर्दै आएको छ ।

हालसम्म जापान मनी एक्सप्रेसले मनिग्राम इन्टरनेशनल आइएनसीलगायत विश्वका ११ अन्तर्राष्ट्रिय साझेदार बैंक तथा विपे्रषण कम्पनीसँग रेमिट्यान्ससम्बन्धी काम गर्दै आइरहेको पनि गुरुङले जानकारी दिए । कम्पनीले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मङगोलियामा सहजै पैसा पठाउन सकिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयात निर्यात दुवैमा गिरावट आउँदा वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात

दूध बिक्री नहुँदा दाङका किसान चिन्तित

तुलसीपुर । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित  मनिराम चौधरीले वर्षातले  धानबाली बगाएकामा चिन्ता व्यक्त

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३