२२ सय रुपैयाँले घट्यो सुनको मूल्य


 

काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला  दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर  एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर  एक हजार सात सय कायम भएको छ ।