अर्थतन्त्र कमजोर बन्नुमा बाह्य भन्दा आन्तरिक कारण जिम्मेवारः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभालाई सम्बधोन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र कमजोर बन्नुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख भएको बताएका हुन् ।

उनले करिव दुई वर्षयता सुस्ताएको अर्थतन्त्रको समस्या समाधानमा निजी क्षेत्रले दिएको सुझाव पनि सरकारले कार्यान्वयन नगरेको भन्दै गुनासो गरे ।

उनले भने, ‘करिव दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको छ। निजी क्षेत्रले रोगको पहिचान गरेर बारम्बार औषधिको सिफारिस गरेकै हो । त्यसमा राज्यको सम्बद्ध पक्षले ध्यान नदिएकै कारण अर्थतन्त्र आजको मोडमा आएको छ ।’

ढकालले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नियन्त्रण मुखी व्यवस्था गर्दा तथा बाह्य कारणलाई देखाएर सुधारका लागि आन्तरिक पहल नलिएकै कारण आर्थिक वृद्धिदर घटेको दाबी गरे ।

उनले भने, ‘नेपाल श्रीलंका बन्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरियो । जसका कारण हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट झरेर २ प्रतिशतमा खुम्चियो भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिव २ प्रतिशत सकारात्मक भएको छ । नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्य भन्दा आन्तिरिक कारण नै प्रमुख हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन

लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि 

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न